काठमाडौं । भदौ २३ र २४ गतेको घटनाको जाँचबुझ आयोगले तत्कालिन गृहमन्त्री रमेश लेखकको स्थानहद फुकुवा गरेको छ ।गत भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा भएको घटना सम्बन्धमा गठित जाँचबुझ आयोगले पूर्वगृहमन्त्री लेखकमाथि लगाइएको भ्रमण प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको हो । लेखकलाई असोज १२ गते बसेको आयोगको बैठकले विदेश भ्रमणमा रोक लगाउने र आयोगको स्वीकृति बिना काठमाडौं उपत्यका छाड्न नपाउने निर्णय गरेको थियो।

आयोगले सोमबारदेखि लेखकको बयान लिएको थियो। उनको बयान सकिएपछि आयोगले स्थान हद फुकुवा गरेको हो।