काठमाडौं।काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले पुस्तान्तरण आमा-बुवाले छोराछोरीलाई अंश दिए जस्तै दिने कुरा नभएको बताएकी छन्।मंगलबार एक कार्यक्रममा डंगोलले अहिले राजनीतिमा सबैभन्दा धेरै ‘पुस्तान्तरण’ विषय आउने गरेको भन्दै पुस्तान्तरण आमाबुवाले छोराछोरीलाई अंश दिएको जस्तै दिने कुरा नभएको बताएकी हुन्।‘पुस्तान्तरण भन्ने बित्तिकै ६० वर्षको उमेरकोले २० वर्षको उमेरको मान्छेलाई मैले ठाउँ छोडेँ अब तिमी आऊ भनेको पुस्तान्तरण होइन।’ ‘पुस्तान्तरण भन्नुको अर्थ त्यहाँ ज्ञान, सीप, सूचना, विचार र सिद्धान्त ट्रान्सफर हुन जरूरी छ।’
उनले ‘पार्टीभित्र पुस्तान्तरणको कुरा गरिरहँदा पार्टीभित्र विभिन्न उमेर समूहका नेतृत्व रहिरहँदा लर्निङ एण्ड सेयरिङको वातावरण हुन जरूरी भएको बताइन।


