काठमाडौं । गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर आज तमु ल्होसार पर्व मनाउँदैछन् ।ल्हो को अर्थ ‘वर्ष’ र ‘सार’को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । तमु ल्होसारलाई गुरुङ समुदायले नयाँ वर्षका रूपमा भव्य रूपमा मनाउँछन् ।
विशेष गरी लमजुङ, गोरखा, तनहुँ, कास्की, स्याङ्जा, मनाङ र पर्वतलगायत जिल्लामा आज बिहानैदेखि गुरुङ समुदायका घर–घरमा परम्परागत पूजा, शुभकामना आदान–प्रदान तथा सामूहिक भोजको तयारी गरिएको छ ।
पुस १५ गते वर्षकै सबैभन्दा लामो रात पर्ने र त्यसपछि दिन क्रमशः लामो हुँदै जाने भएकाले तमु ल्होसारलाई प्रकाश, आशा र नयाँ ऊर्जाको प्रतीकका रूपमा समेत लिइन्छ । यही कारणले यस पर्वलाई प्रकृतिसँग नजिकको पर्वका रूपमा पनि चिनिन्छ ।
काठमाडौंको टुँडिखेलमा गुरुङ समुदायले विशेष सांस्कृतिक कार्यक्रम आयोजना गरेका छन् । कार्यक्रममा गुरुङ समुदायका पुरुष–महिला परम्परागत वेषभूषामा सजिएर घाटु, सोरठी तथा अन्य मौलिक नृत्य प्रस्तुत गर्दै सांस्कृतिक पहिचान झल्काउनेछन् । साथै मौलिक परिकारहरूको प्रदर्शनीसमेत गरिनेछ ।
पुस १५ गतेको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने भएकाले पनि यस पर्वको महत्व रहेको बताइन्छ ।
पर्वका अवसरमा आज सरकारले देशभर सार्वजनिक बिदा दिएको छ । यस अवसरमा टुँडिखेलमा गुरुङ समुदायले विशेष कार्यक्रमको आयोजना गरेका छन् ।


