काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निर्वाचन आयोगमा आज बन्दसूची बु्झाउँदै छ ।आइतबार बिहान एउटै पार्टीबाट निर्वाचनमा जाने सहमति गरेका रवि लामिछाने र बालेन शाहले आज रास्वपाको तर्फबाट बन्दसूची बुझाउँदै छन् ।समानुपातिक सूचीमा बालेनको टिमबाट ४० जना उमेदवार  रहने बताइएको छ । रास्वपा स्रोतले दिएको जानकारीअनुसार, बालेनले ४० जनाको सूची तयार रहेको बताएपछि ती सबैलाई रास्वपामा समेट्न रवि तयार भएका छन् ।

“बालेनजीको टिमले ४० जनाको सूची छ भन्नुभयो । त्यसपछि रास्वपाले सबै ल्याउनुस्, भनेको छ । बाँकी ७० जना रास्वपातर्फका हुन्छन् ।’स्रोतले भनेको छ।