ललितपुर,नेकपा एमाले पार्टीको ११ ओै राष्ट्रिय महाअधिवेशन मंसिर २७/२९ बाट निर्वाचित हुँदै अध्यक्षको जिम्मेवारीमा पुनस् केपी शर्मा ओली आएका छन् । अर्का अध्यक्ष पदका प्रत्यासी ईश्वर पोखरेलबाट कडा टक्कर मिल्ने जन अपेक्षाका वावजुत उनी कार्यकर्ताका दुईतिहाई मत सहित निर्बिकल्प नेतृत्वमा देखिदै तेस्रो कार्यकालका लागि पार्टीमा ईतिहाँस कायम गर्दै फेरि उदाए । दलीय हैसियतबाट राष्ट्रमा एक कम्यूनिष्ट नेतृत्व र ब्राण्ड बनाएका ओली भदौ २३ र २४ को जेन जी आन्दोलनले सत्ताबाट बाहिरिन बाध्य गराएको एक पात्र हुन् । जेन्जी आन्दोलनमा आगालागीबाट उनको वालकोट निवास खण्डहर बनेपछि हाल उनी भक्तपुरको गुण्डूस्थित भाडाको घरमा बसेर महेश बस्नेतको प्रत्यक्ष सहारा र निगरानीमा राजनैतिक गतिविधिमा संलग्न भैरहेका छन् । तर उनी सार्वजनिक जीवनमा फर्किएदेखि नै जेन्जी आन्दोलनको आलोचना र बेकुफको चाहत भन्दै बिरोध सहित निरन्तर प्रहार गरिरहेका छन ।

जेन्जी आन्दोलनको मत्थरतासँगै केही नेताहरूले एमालेमा तत्काल ओेलीको बहिर्गमन या महाधिवेशनबाट नेतृत्व पुस्तान्तरणको बहस सुरु गरिसकेका थिए । राजनीतिमा चतुर ओलीले काँग्रेसको जस्तो बिलम्ब र किचलो नगरि देशभरीकाष कार्यकर्ताबाट आफूलाई अनुमोदन गराउन तत्काल महाधिवेशन घोषणा र सम्पन्न गरि बैधानिक प्रकृया पूरा गरेका छन् । उनले चालेको कदमलाई पार्टीभित्र देशभरिका एमाले प्रतिनिधिले उनैलाई दुईतिहाई मत दिई बैधानिक बनाईदिएका छन् । यसपटक पुस्तान्तरण र युवामा नेतृत्व हस्तान्तरणको प्रयास सफल हुन सकेन ।

युवाको मुभमेन्टले मुलुक तातेका बेला एमाले युवामा पनि परिवर्तनको चाहनामा तिब्रता रहला र युवा नेतृत्वले पाटी दिशानिर्देश गर्ला भन्ने अनुमान विपरित दुईतिहाई समर्थनले उनलाई निर्बिकल्प अध्यक्षको नेतृत्व सुम्पिदियो । हुनत एमालेको महाधिवेशन प्रतिनिधि छनौटमा ओली समूहकै वर्चस्व रहेका कारणले पनि हिंसात्मक आन्दोलनले सत्ताबाट हटाईएका र केहि युवाले नचाहेका ओली पार्टी महाधिवेशन मार्फत नेतृत्वमा कायमै रहन सकेको देखिन्छ ।

देश निर्वाचनमा होमिएको छ । निर्वाचाकालागि दल दर्ता र प्रकृयामा सामेल रहँदा पनि प्रतिनिधिसभा पुनर्स्थापनाको माग सहित एमाले, काँग्रेस अदालतको निर्णयको पर्खईमा छन् । यदि सर्वोच्चबाट संसद ब्यूतिएमा ओली फेरि देशको सर्वोच्च कार्यकारी पदमा बहाल हुनेछन् भने त्यसो नभएमा पनि निर्वाचन मार्फत उनले सोहि स्थानमा राज गर्न जन अपेक्षा बुझ्रि जनताको मन जितेर पार्टीलाई देश परिवर्तनको संवाहक हिस्सा बनाउँदै जनमत आफ्नो पक्षमा ल्याएर बहुमत सिद्व गर्नुपर्ने देखिन्छ । देशैभर महाधिवेसन प्रतिनिधि छनौट र स्थानीय तहसम्म एकता मेल र समन्वय कायम गर्न सके त उनी सफल होलान् , यदि जरादेखिकै संयन्त्र ओईलाएको छ भने उनलाई अब्बल स्थान पाउन निक‌ गाह्रो पर्नेछ ।
दम्भ र आवेग जस्तो बुझिने तिखो प्रहारमा निडर देखिदै जेन्जीलाई चुनौति दिने ओली उखान तुक्काकै भरमा आफूलाई अब्बल प्रमाणित गरिराखेका भने हैनन्, उनमा भिजन छ, संगठनमा एकता कायम गर्न सक्ने क्षमता छ । आफ‌ै अध्यायनशिल छन्, ज्ञानमा पूर्ण छन् । सबैका रहर ईच्छा हुन्छन् तर त्यो ब्यक्तिगत निजी भएर हुन्न ,राष्ट्रप्रेमका अभिब्यक्ति सहित खरो उत्रने अभ्यास र उनको पहिचानले उनलाई हिरो बनाएको हो । एमाले जनहरुले मात्र बुझेका हैनन जति नै तिकडम गरेपनि आगामी निर्वाचनबाट देशमा नेकपा एमाले पहिलो दल बन्ने कुरा धेरैले स्विकार्छन् । जेन्जी मुभमेन्ट युवाको परिवर्तनको चाहना हो, यो हाल कायम ब्यवस्थाको बिकल्प खोज हैन भनेर उनिहरुले स्वीकार गरिसकेका छन् । त्यसैले पनि बलियो जनाधार र तलसम्म पहुँच रहेको एमालेलाई सिध्याउन सकिन्न भन्ने हेक्का धेरैलाई छ । अब जेन्जी अन्य दल र समुहका बिरोध र प्रतिकारका बावजुत एमालेलाई उत्कृष्ट बनाउन नयाँ उर्जासाथ ओली नै जनमासमा पुग्नुपर्छ ।
जिम्मेवारीसँगै बफदार भएर पार्टी अगाडि बढाउन निर्वाचित पार्टिपंतिबाट पनि उनलाई सहयोग हुने नै देखिन्छ । धेरै पदाधिकारी सदस्य ओलि पक्षिय नै निर्वाचित भएका र ईश्वर पोखरेललाई पनि बिगत जस्तो चिढ्याउने पक्षमा ओली नरहेका कारण यो प्रकृयाले प्रजातान्त्रिक पद्दती र एमाले सबलिकरण हुने बिश्वास गर्न सकिन्छ ।