काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक शुक्रबारका लागि बोलाइएको छ। नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक शुक्रबार दिउँसो १ बजे कार्की ब्याङ्केट बबरहमहलमा बस्ने भएको छ।
आज सम्पन्न एमालेको ११औँ राष्ट्रिय महाधिवेशनले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा ३०१ नयाँ केन्द्रीय कमिटी निर्वाचित गरेको छ । महाधिवेशनले ओलीलाई तेस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित गरेसँगै पार्टीले नयाँ गति लिने नेताहरूको विश्वास छ।
महाधिवेशन समापन समारोह चलिरहेका बेला अध्यक्ष ओलीले केन्द्रीय कमिटी बैठक बोलाएका हुन् ।


