काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्वमा केपी शर्मा ओली विजयी भएका छन् ।ओलीले लामो समय आफूलाई साथ दिएर प्रतिस्पर्धामा उत्रिएर चुनौती दिएका ईश्वर पोखरेललाई फराकिलो मतान्तरले हराएका हुन् ।
निर्वाचन आयोगले दिएको पछिल्लो विवरण अनुसार अध्यक्षका उम्मेदवार केपी शर्मा ओलीले १६६३ मत प्राप्त गरेका छन् ।
ओलीले १६६३ भोट ल्याएर अध्यक्ष जित्दा पोखरेल ५६४ मा रोकिए । दुईजनाबीचको फरक १०९९ मत रहेको छ ।


