काठमाडौं ।हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । देशभरको मौसम आज मुख्यतया सफा हुनेछ ।जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी प्रदेशमा आंशिक बदली रहनेछ ।

बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । विभागले राति देशभर मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरेको छ ।