काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्याल र ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति नागरिक बचाउ अभियान’का संयोजक दुर्गा प्रसाईँबिच शुक्रबार भेटवार्ता भएको छ । सिंहदरबारमा भएको उक्त भेटवार्ता यही मङ्सिर २२ गते फेरि छलफलमा बस्ने गरी टुङ्गिएको संयोजक प्रसाईँले जानकारी दिए ।
संयोजक प्रसाईँले गृहमन्त्री अर्यालसँगको वार्तामा भएका विषय र अन्य समसामयिक विषयमा शनिबार पत्रकार सम्मेलनमार्फत जानकारी दिने बताए।