काठमाडौं।नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा देखा परेका चुनौती र संकट समाधानका लागि सबै वामपन्थीहरूलाई एउटै झण्डामुनि एकताबद्ध हुन आह्वान गरेका छन्।सामाजिक सञ्जाल फेसबुकमार्फत प्रचण्डले राष्ट्रिय स्वाधीनता, लोकतन्त्र र समाजवाद निर्माणको आधार तयार पार्न माओवादीसहितका वामपन्थी शक्तिहरूबीच एकता र साझा आन्दोलन अत्यावश्यक बनेको बताएका हुन्।
उनले सामाजिक सञ्जालमा लेखेका छन् उनले भनेका छन्- ‘देशभक्त, प्रगतिशील, वामपन्थी शक्तिहरुबीच संगठनात्मक ध्रुवीकरण तथा लोकतान्त्रिक शक्तिहरूबीच राष्ट्रिय सहकार्य अपरिहार्य बनेको छ। राष्ट्रिय स्वाधीनता र संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्दै समाजवाद निर्माणको आधार तयार पार्न वामपन्थीहरूले साझा आन्दोलनमार्फत अघि बढ्नुपर्छ।’