काठमाडौं।नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले प्रतिनिधिसभा असंवैधानिक रूपमा विघटन भएको बताएका छन्।भ्रातृ संगठन नेपाल तरूण दलको ७३औँ स्थापना दिवसका अवसरमा सोमबार पार्टी केन्द्रीय कार्यालय, सानेपामा आयोजित समारोहमा उनले जेनजी आन्दोलनको बलमा गठन भएको अन्तरिम सरकारबाट असंवैधानिक रुपमा प्रतिनिधिसधा विघटन भएको बताएका हुन्।
जेनजी आन्दोलनका कारण मुलुक अप्ठ्यारोमा परेका बेला आगजनीबाट क्षतिग्रस्त शीतलनिवासको आँगनमा बसेर राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको रक्षा गरेको पनि बताए। ‘संविधान जोगाउन धेरै ठूलो अप्ठ्यारो भयो। राष्ट्रपति रामचन्द्र पौडेलले जलेको शीतलनिवासको आँगनमा बसेर जीवनको लामो अनुभव र जनतालाई केन्द्रमा राखेर संविधानको रक्षा गर्ने काम गर्नुभयो,’ कार्यवाहक सभापति खड्काले भने। २४ गते देशैभर ठूलो भौतिक र मानविय क्षती भयो, नेपालको इतिहासमा पहिलो पटक देशको कार्यपालिका माथि आक्रमण भयो र ध्वस्त बनाइयो । त्यो घटनाले देशलाई प्रतिकूल अवस्थामा पु¥याएको छ ।’


