काठमाडौं। एमालेका नेता योगेश भट्टराईले प्रतिनिधि सभा सदस्यको हैसियतमा लिएको कूटनीतिक राहदानी (रातो पासपोर्ट) फिर्ता गरेका छन् । आफूले राहदानी विभागमै पुगेर फिर्ता गरेको भट्टराईले जानकारी दिए । यसअघि संसद् सचिवालयका अनुसार निवर्तमान सांसदहरू प्रतिमा गौतम, रमा कोइराला पौड्याल, सपना राजभण्डारी, रघुजी पन्त, कान्तिका सेजुवाल र तोसिमा कार्कीले पनि रातो पासपोर्ट फिर्ता गरिसकेका छन् ।