काठमाडौ ।मतदाता नामावलीमा नाम दर्ता गर्न सम्बन्धित जिल्ला जानु नपर्ने भएको छ ।निर्वाचन आयोगले एक सूचना जारी गर्दै अनलाइन फारम भरिसकेपछि आयोगको जुनसुकै कार्यालयमा गएर मतादाता नामावलीमा नाम लेखाउने सक्ने जनाएको हो ।
आगामी फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनका लागि आयोगले उमेर पुगेर पनि मतादाता नामावलीमा छुटेकाहरूलाई सूचिकृत हुन आह्वान गरिसकेको छ ।