काठमाडौं। पूर्वपश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तुको शिवराज नगरपालिका -१ वनकसवासामा बस दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ।धनगढीबाट काठमाडौं जादै गरेको ना.८ ख ५७०३ नम्बरको बस बिहान ६ बजे दुर्घटना हुँदा एक महिलाको मृत्यू भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।मृतकको नाम र वतन खुल्न नसकेको प्रहरी नायब उपरीक्षक रिपेन्द्र सिंहले बताए।
३६ जना घाइतेहरू मध्ये ४ जनाको अवस्था गम्भीर रहेको टफिक प्रहरीले जनाएको छ। गम्भीर घाइते र मध्यम घाइते रहेका १५ जनालाई चन्द्रौटास्थित स्वास्थ्य संस्थामा प्राथमिक उपचार गरी थप उपचारका लागि बुटवल पठाइएको छ।


