काठमाडौं। मुग्लिन–नागढुंगा सडकखण्ड अवरुद्ध भएको छ ।जवाङ खोलानजिकै पहिरो जाँदा सडक अवरुद्ध भएको हो ।सडक डिभिजन कार्यालय भरतपुरका अनुसार मुग्लिन–नारायणगढ सडकखण्डमा पानी परिरहेको छ । “केही स्थानमा सामान्य ढुंगाहरू झरेका छन् । सवारी आवागमन संचालनमा रहेको छ,पानी परिरहेको र पहिरोको जोखिम कायमै रहेकाले सावधानीपूर्वक सुरक्षित यात्रा गर्नुहुन अनुरोध छ ।”सडक डिभिजन कार्यालय भरतपुरले भनेको छ ।