सेवापाटी संवाददाता २०८२ भदौ १३ गते

दिपक बजगाई ‘कैलाश’ काठमाण्डौं – बिहीबार चार सयले बढेको सुन आज १२ सय रुपैयाँले बढेर ऐतिहासिक रेकर्ड कायम गरेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज १२ सय रुपैयाँले बढेर एक तोला सुनको मूल्य २ लाख ६०० सय रुपैयाँ कायम भएको छ। भने आज चाँदी एक तोलाको २ हजार ३६० रुपैयाँमा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ। अघिल्लो दिन बिहीबार प्रतितोला चाँदी २ हजार ३५५ रुपैयाँमा कारोबार भएको थियो।