सेवापाटी संवाददाता २०८२ भदौ ४ गते
दिपक बजगाई कैलाश काठमाण्डौं आज दिउँसो १ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा ओलीले सांसदहरुले सोधेका प्रश्नको जवाफ दिनेछन्। प्रधानमन्त्री केपी शर्मा ओलीसँग सांसदको प्रश्नोत्तर कार्यक्रम तय भएको संसद सचिवालयले जनाएको छ। ओलीले सांसदहरुले सोधेका प्रश्नको जवाफ दिनेछन्। संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेका अनुसार प्रतिनिधि सभा नियमावली, २०७९ को परिच्छेद–९ अनुसार सांसदसँग प्रश्नोत्तर हुने सम्भावित कार्यसूची छ।
त्यसपश्चात बैठकमा महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साहले ‘ बालबालिका सम्बन्धी ( पहिलो संशोधन) विधेयक, २०८२ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्। यसैगरी मानव बेचविखन तथा ओसारपसार (नियन्त्रण) पहिलो संशोधन विधेयक, २०८१ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव पनि प्रस्तुत हुने कार्यसूची रहेको छ।
सत्तारूढ नेपाली कांग्रेस र नेकपा एमाले उपसभामुख इन्दिरा रानामगरलाई हटाउने गृहकार्यमा लागेपछि संसदमा नयाँ रणनीति तय गर्ने रास्वपाको तयारी छ।


