सेवापाटी संवाददाता २०८२ श्रावण २० गते
दिपक बजगाई ‘कैलाश’ काठमाण्डौं – मंगलबार बिहान सिंहदबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको विधेयक समितिको बैठकपछि सञ्चारकर्मीसित प्रतिक्रिया दिँदै गृहमन्त्री रमेश लेखकले बहुविवाह सम्बन्धी व्यवस्था र विवाहको उमेर सम्बन्धी व्यवस्था परिमार्जन गर्न विधेयक समितिमै उपसमिति बनाएको जानकारी दिए।
गृहमन्त्री लेखकले बाहिर भइरहेका चर्चा,चाँसो र चिन्ता सम्बोधन गरेर मन्त्रिपरिषद्को विधेक समितिले कानुन परिमार्जन गर्ने बताएका छन्। यसैगरी अग्रिम जमानत सम्बन्धी व्यवस्था र कैद जरिवानाको मुल्तवीरमाफी परिर्वतन सम्बन्धी व्यवस्थाहरूमा थप छलफल गर्नुपर्ने र परिमार्जन गर्नुपर्ने देखिएकाले विधेयक समितिमै उपसमिति बनाइएको गृहमन्त्रीले बताए।
विधयेक समितिका संयोजक समेत रहेका मन्त्री लेखकले भने,कुनै पनि सजायको माफी मुल्तवी अथवा दण्ड सजायको परिवर्तन सम्बन्धी व्यवस्थालगायतका केही व्यवस्थाहरूमा थप छलफल गरेर संशोधन परिमार्जजन गर्नुपर्ने देखियो । बहुविवाहका सम्बन्धमा आएको संशोधनको व्यवस्था,विवाहको उमेर सम्बन्धी व्यवस्था, अग्रिम जमानत सम्बन्धी व्यवस्था र सरकारको सिफारिसमा सम्मानित राष्ट्रपति ज्यूले गर्नुहुने संविधानकै व्यवस्था छ ।”
उनले आजको बैठकमा समितिमा मुलुकी अपराध संहिता, मुलुकी फौजदारी कार्यविधि संहिता, मुलुकी देवानी संहिता, मुलुकी देवानी कार्यविधि संहिता र सजाय निर्धारण सम्बन्धी कानुन गरी पाँचवटा विधेयकमा संशोधन प्रस्ताव प्रस्तुत भएको जानकारी दिए।


