सेवापाटी संवाददाता २०८२ श्रावण १ गते 

दिपक बजगाई ‘कैलाश’ काठमाण्डौं – आज साउने संक्रान्ती सुर्यले मिथुन राशिको भोक गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन भएकाले आजको दिनलाई कर्कट संक्रान्ती पनि भनिन्छ् । किसानहरुले एक महिना आफ्नो खेत बारीमा काम गरी सकेको खुशियालिमा हिलो महिलोले लाग्ने छाला सम्बन्धि रोग निको पार्न लुतो फाल्ने परम्परा पनि रहेको छ् ।

आजको दिन आफ्नो आफन्तकोमा भेला भई बिभिन्न मिठा – मिठा परिकार बनाएर रमाइलो गर्ने चलन पनि छ् । साउन महिनालाई बिशेष रुपमा भगवान शिवको महिनाको रुपमा लिइन्छ् । यो महिनामा बिशेष गरी महिलाहरुले हरियो र रातो कपडा अनि हरियो चुरा लगाउने गर्दछन् ।