सेवापाटी संवाददाता २०८२ असार  ३१ गते

दिपक बजगाई ‘कैलाश’ काठमाण्डौं – कांग्रेस र एमाले मिल्दा पनि राष्ट्रिय सभामा सरकारको पक्षमा बहुमत नभएकाले प्रतिनिधिसभामा ५ र राष्ट्रिय सभामा ३ सदस्य भएको जसपा नेपाललाई सरकारमा ल्याउने गृहकार्य , कांग्रेस र एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय लिएको उपेन्द्र यादव नेतृत्वको जसपा नेपाललाई सरकारमा सहभागी गराउने गृहकार्य सुरु गरेका छन् । जसपा नेपाललाई सरकारमा ल्याउने गृहकार्य प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका हुन् ।

त्यसमा कांग्रेसको समेत समर्थन रहेको छ । सरकारमा सहभागी नभए पनि जसपा नेपालले प्रधानमन्त्रीलाई विश्वासको मत दिएको थियो । राष्ट्रिय सभामा अल्पमतमा पर्दा सरकारले चाहेजस्तो विधेयक पारित नहुने जोखिम बढेकाले पनि जसपा नेपाललाई सरकारमा ल्याउन खोजिएको बालुवाटार स्रोतले बतायो । ५९ सदस्यीय राष्ट्रिय सभामा बहुमतका लागि ३० सदस्य आवश्यक पर्छ । कांग्रेसका १६ र एमालेका १० सदस्य छन् । सरकारमा सहभागी लोसपाको १ र जसपा नेपालको ३ सदस्य पक्षमा हुँदा मात्रै सरकारलाई बहुमत पुग्छ ।