सेवापाटी संवाददाता २०८२ जेष्ठ  ३१ गते

दिपक बजगाई ‘कैलाश’ काडमाण्डौं – १०औँ पार्टी स्थापना दिवसका अवसरमा आयोजित ‘वैकल्पिक राजनीतिको अर्जुनदृष्टिःराजनीतिक पुनःसरचना, सुशासन र समृद्धि’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले युवा पुस्तामा वैकल्पिक राजनीतिक चेतना अभिवृद्धि गर्दै मुलुकको आर्थिक समृद्धिमा क्रियाशील हुनुपर्ने बताए।

नयाँ शक्ति जुन उत्साहकासाथ सुरु गरिएको थियो पछिल्लो चरणमा अलिकति बरालिएकै हो, अपेक्षित उपलब्धि हाँसिल नभएकै हो, उनले भने, उपलब्धिलाई टेकेर नेपाललाई समृद्धिको यात्रामा लैजाने भनेर सुरु गरेका थियौँ। तर यो किन अलमलमा पर्यो विमर्ष गर्ने धेरै पाटा छन्।