सेवापाटी संवाददाता २०८२ जेष्ठ २५ गते
दिपक बजगाई ‘कैलाश’ काठमाण्डौं – वुढानीलकण्ठ नगरपालिका नगर कार्यपालिकाको कार्यालय हात्तीगौडा,काडमाण्डौंको आयोजना तथा नेपाल युवा एकता समाज ललितपुरको सहजिकरणमा काष्ठ हस्तकला सम्बन्धि सीप विकास तालिम सञ्चालनमा आएको छ । कार्यक्रम जेष्ठ २२ गते देखि वुढानीलकण्ठ नगरपालिका वडा न २ मा सञ्चालनमा आएको हो । तालिमबाट १५ जना प्रशिक्षार्थीहरु लाभान्वित हुनेछन् भने कार्यक्रम ४५ दिन सम्म चल्ने छ । तालिमका प्रमुख प्रशिक्षक ललितपुर भैंसेपाटीका हिरा महर्जन रहेका छन् ।


