सेवापाटी संवाददाता २०८२ बैशाख २८गते

काठमाण्डौ शनिवार ललितपुरको जावलाखेलमा भएको रिले अनशनमा सहभागी हुनुभएका राष्ट्रिय प्रजातन्त्र पार्टी,नेपालका अध्यक्ष कमल थापाले तीनकुने घटनामा पक्राउ परेका सबै नेता तथा कार्यकर्ताहरुलाई रिहाइ गर्न माग गर्नु भएको हो ।

उहाँले हतियार बोकेर वा कुनै हिंसात्मक गतिविधिमा सम्लग्न नभएको व्यक्तिहरुलाई सरकारले अपराधी सरह पक्राउ गरी झुटा मुद्दा लगाउने दुष्प्रयास गरेका आरोप लगाउनु भयो । उनीहरु आस्थाको बन्दी भएको उहाँको भनाइ छ ।

उहाँले आफ्ना नेता तथा कार्यकर्ता संविधानले दिएको अधिकार प्रयोग गरी आफ्ना विचार राख्ने क्रममा पक्राउ परेको बताउनु भयो । उहाँले आस्थाका बन्दीहरुलाई रिहाइका लागि देशभरबाट सरकारलाई दबाब दिनेक्रम जारी रहेको बताउनु भयो । उहाँले वर्तमान सरकार भ्रष्ट र निरंकुश भएको आरोप लगाउनु भयो ।