सेवापाटी संवाददाता २०८२ बैशाख २७ गते
काठमण्डौं– शुक्रवार पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको सत्तारुढ दल नेपाली काँग्रेसले विद्यालय शिक्षा विधेयकलाई छिटो टुंग्याउनुपर्नेमा जोड दिएको छ।

शिक्षा विधेयक छिटो टुंग्याउनुपर्ने र टुंग्याउने क्रममा सार्वजनिक विद्यालय, निजी विद्यालयहरु सबैलाई समेटेर टुंग्याइनुपर्नेमा जोड दिइएको छ । निजी विद्यालय भविष्यमा नराख्ने हो भने विद्यालय तहकै लागि पनि विदेश अध्ययन गर्ने क्रम बढ्ने डर रहेको, त्यो अवस्था आउन दिन नहुने भविष्यमा निजी विद्यालय स्थापना गर्नेकुरा कायम राखिनुपर्ने, निजी विद्यालयको शिक्षकको सेवा सुविधाका बारेमा पनि विधेयकले बोल्नुपर्ने पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले बताउनु भयो ।


