सेवापाटी संवाददाता २०८२ बैशाख २३ गते
हेटौंडा —भाषा दिवसको अवसरमा वैशाख २४ गते बुधबार बागमती प्रदेश सरकारले सार्वजनिक बिदा दिने भएको छ । कामकाजी भाषा ऐन २०७९ कार्यान्वयन भएको अवसरमा ‘भाषा दिवस’ मनाउने गरी प्रदेशभर सावजनिक बिदा दिइएको आन्तरिक मामिला तथा कानून मन्त्रालयले सोमबार एक सूचना जारी गर्दै भाषा दिवसको अवसरमा सार्वजनिक बिदा दिएको जानकारी गराएको हो ।

प्रदेश सरकारले चैत १८ मा बसेको मन्त्रिपरिषद् बैठकले सो दिन सार्वजनिक बिदासहित क्यालेन्डरमा नै उल्लेख गर्ने निर्णय गरेको थियो । प्रदेश राजपत्रको खण्ड ८ संख्या ३२ प्रदेश राजपत्र भाग ३ मिति २०८१ चैत्र २१ गते प्रकाशित सूचना बमोजिम वैशाख २४ गते प्रदेश सरकारको सरकारी कामकाजको भाषा सम्बन्धी दिवसको अवसरमा प्रदेशभर सार्वजनिक विदा दिने निर्णय भएको मन्त्रालयकी सूचना अधिकारी रविता कार्कीले जानकारी दिईन ।


