सेवापाटी संवाददाता २०८२ बैशाख २० गते

काठमाण्डौं–आज दिउँसो २ बजे पार्टी कार्यालय च्यासलमा बस्ने गरी नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ।पार्टीको आन्तरिक विषय र समसामयिक राजनीतिक विषयमा छलफल, सरकारले शुक्रबार संसदमा पेश गरेको नीति तथा कार्यक्रमको समीक्षा विषयमा छलफल हुने अध्यक्ष केपी शर्मा ओलीको सचिवालयले जनाएको छ। सरकारले जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट ल्याउँदैछ।