सेवापाटी संवाददाता २०८२ बैशाख २१ गते
काठमाण्डौं–आन्दोलनरत आवासीय चिकित्सक र सरकारबीच शनिबार सहमति भएको छ स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल, नेपाल चिकित्सक संघ र आवासीय चिकित्सकबीच भएको छलफलपछि सहमति जुटेको हो ।सहमति भएसँगै आवासीय चिकित्सकहरुको आन्दोलन टुंगिएको छ।
चिकित्सा शिक्षा आयोगको १६औं बैठकको निर्णय कार्यान्वयन गर्ने, म्याचिङका चिकित्सकहरुका लागि यथाशीघ्र शुरु गर्न चिकित्सा शिक्षा आयोगलाई निर्देशन दिने र बिदाका विषयहरुमा कार्यदल बनाएर स्वास्थ्य मन्त्रालयले पूरा गर्न सक्ने कुरा स्वास्थ्य मन्त्रालयबाट र नसकेका कुरालाई निर्देशन गरेर पठाउने सहमतिपछि सञ्चारकर्मीसँगको कुराकानीमा मन्त्री पौडेलले आवासीय चिकित्सकका मागहरू पूरा गर्न स्वास्थ्य मन्त्रालय तयार रहेको र त्यसको कार्यान्वयन गर्ने सहमति भएको जानकारी दिनुभयो । सम्झौता भएसँगै आवासीय चिकित्सकहरु आन्दोलन छोड्न सहमत भएका हुन् ।उहाँहरूसँग भएको सम्झौतालाई हामीले इमानदारितापूर्वक कार्यान्वयन गर्नेछौँ । केही विषयहरु जुन चिकित्सा शिक्षा आयोगले निर्णय गरेको थियो, उहाँले चिकित्सकहरुको आन्दोलनपछि निजी मेडिकल कलेजबाट पनि आठौं तह सरह भत्ता दिने प्रतिबद्धता भएको पनि स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल, बताउनुभयो।


