सेवापाटी संवाददाता २०८२ बैशाख १८ गते
काठमाडौँ — मौसम पूर्वानुमान महाशाखाका अनुसार स्थानीय प्रणाली, देशभर पश्चिमी वायु र बङ्गालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त हावाको संयुक्त प्रभावले कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा अहिले चट्याङ्गसहित हल्का वर्षा भइरहेको जानकारी महाशाखाले दिएको छ ।देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदलीको स्थिति छ भने अन्य क्षेत्रमा आकाश सफा देखिएको छ । दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ लुम्बिनी र सुदूरपश्चिमका तराई भूभागमा हावाहुरीको सम्भावना पनि उच्च रहेको छ । राती पहाडी क्षेत्रका केही स्थानहरूमा चट्याङ्गसहित हल्का वर्षा हुनसक्ने। र हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षासँगै हिमपातको सम्भावना रहेकोले महाशाखाले सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ ।


