सेवापाटी संवाददाता २०८२ बैशाख १२ गते

नेपाल कम्युनिष्ट पार्टी (माओेबादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शिक्षक चिकित्सक तथा लघुबित्त पीडितहरुसँग संवाद भईरहेको जनाउदै सरकार समस्यको समाधानतर्फ नगई उल्टै जटिलता बनाउने दिशामा गएको आरोप लगाए । साथै प्रधानमन्त्रीले आन्दोलनरत शिक्षकहरुसँगको संबादमा आफ्नो नाम जोडेर टिप्पणी गर्नु दुर्भाग्यपुर्ण रहेको बताएका छन्। सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको पार्टीको पुर्ण बैठकमा उनले पछिल्लो राजनीतिक परिदृश्य सरकारको कार्यशैली, पार्टीको भुमिका र जनअपेक्षाबारे सांसदहरु सँग विस्तृत छलफल गरेका हुन् ।

अध्यक्ष प्रचण्डले शिक्षक, चिकित्सक तथा लघुबित्त पिडितहरुसँग संबाद भईरहेको जनाउदै सरकार समस्याको समाधान तर्फ नगई उल्टै जटिलता बढाउन तर्फ लागेको आरोप लगाए साथै प्रधानमन्त्रीले आन्दोलनरत शिक्षकहरुको संबादमा आफ्नो नाम जोडेर टिप्पणी गर्नु दुर्भाग्यपुर्ण रहेको बताएका छन् । संघीय निजामती सेवा ऐेन र बिद्यालय शिक्षा बिधेयकजस्ता महत्वपुर्ण बिधेयकहरु माओेवादी नेतृत्वको सरकारले गहिरो तयारीपछि प्रस्तुत गरेको उल्लेख गर्दै ती बिधेयक संसदबाट पारित गराउन सबै सांसदहरु लाग्नु पर्नेमा जोड दिएका छन् । शिक्षा मन्त्रीको राजिनामापछि शिक्षक आन्दोलनप्रती सरकारको संवेदनशिलता घट्दै गएको भन्दै अध्यक्ष प्रचण्डले संसदबाटै शिक्षकहरुको मागलाई सम्बोधन गर्न सांसदहरुलाई जिम्मेवार भुमिका निर्बाह गर्न निर्देशन पनि दिएका छन् ।