सेवापाटी संवाददाता, २०८२ बैशाख ७ गते
देशको स्वाभिमान बिथोल्ने गरि सामाजिक सञ्जालमा प्रचार प्रसार हुने गरेकाले यस्तो गतिबिधि रोक्न नेपालको संविधान ,ऐन तथा कानुन बमोजिम फेसबुक,टुईटर,ईन्स्ट्राग्राम लगायतका सामाजिक सञ्जालहरु दर्ता हुन न आए प्रतिबन्ध लगाउने सुचना तथा सञ्चार मन्त्रि पृथ्बि सुब्बा गुरुङले जानकारी दिनुभएको छ ।

देशको सामाजिक सदभावमा खलल पुर्याउने भएकाले त्यसको नियमन पनि हुनुपर्छ भन्दै मन्त्रि गुरुङले कानुन अनुसार दर्ता हुन न आए प्रतिबन्ध लगाउने जानकारी दिनुभएको हो । सबै भन्दा ठुलो आफ्नो देश हो देशको सार्बभौमिकता,एकता र स्वभिमान बिरुद्धमा लाग्नेलाई नियमनको आबश्यक भएको र सामाजिक सञ्जालको दुरुपयोग गरि बिदेशिहरुले देशको धार्मिक सहिसष्णुतालाई खलल पुर्याउन खोजिएको भन्दै हाम्रो जाततियता र धार्मिक स्वतन्त्रतालाई कम्जोर पारेको आरोप पनि लगाउनुभएको छ । सरकारले सामाजिक सञ्जाल दर्ता गर्न दिएको समय आज सकिदैछ ।


