सेवापाटी सम्वाददाता, २४ माघ २०८१
सन् १९९२ मा स्थापना भएको कम्प्युटर एशोसियशन नेपाल (क्यान) नेपालमा सुचना प्रविधिको क्षेत्रमा कार्यरत जनशक्ति, विज्ञ, संघसंस्था एवं व्यवसायीहरुको छाता संस्था हो। क्यानले हरेक वर्ष क्यान इन्फोटेक सञ्चालन गर्दै आइरहेको छ। यस पटकको क्यान इन्फोटेक २०८१ माघ २४ देखी २८ गते सम्म भृकुटिमण्डप, काठमाण्डौंमा सञ्चालन भएको छ। ३० औं क्यान इन्फोटेकको मुख्य प्रायोजकमा HMC NEPAL हिक्सेमी र सहप्रायोजकमा मर्कन्टाईल अफिस सिस्टम रहेको छ। कार्यक्रमको उद्घाटन सञ्चार तथा सुचना प्रविधि मन्त्रि पृथ्वी सुव्वा गुरुङले AI Robot बाट डिजिटल बत्ति बालेर गर्नुभयो।


क्यान इन्फोटेकमा ब्रान्डिङ, ICT Accessories, गेम पार्लर, प्रोडक्ट लञ्चिङ, स्टार्ट अप, रोवोटिक्स, इ–गभर्नेस, सुचना प्रविधिमा उद्यमी, इन्टरनेट र राष्ट्रिय परिचय–पत्रको इनरोलमेन्ट पाइने छ। क्यान इन्फोटेक २०२५ मा लगभग १५० वटा स्टल रहेको छ भने यस मेलालाई साढे तिन लाख दर्शकले अवलोकन गर्ने आयोजकले जनाएको छ।