मौसम पूर्वानुमान महाशाखाले आज तराईका केही स्थानमा हुस्सु तथा पहाडीका केही स्थानमा आंशिक बदली हुने जनाएको छ। हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन।

यतिबेला तराई भू-भागको केही स्थानहरूमा हुस्सुरकुहिरो लाग्नुको साथै देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको छ।

आज दिउँसो गण्डकी र लुम्बिनी प्रदेशका साथै प्रदेश १ र बागमती प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

आज राति लुम्बिनी प्रदेशका साथै प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।Source : ehimalaya times