हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन।

बिहीबार बिहान देशको पश्चिम तथा मध्य पहाडी तथा तराईका थोरै स्थानहरूमा हुस्सु लागेको तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।

दिउँसो प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

राती देशभर मौसम सामान्यतया सफा रहनेछ। शुक्रबार पनि देशभर मौसम सामान्यतया सफा रहनेछ।