
सेवापाटी संवाददाता २०८२ जेष्ठ १९ गते
दिपक बजगाई ‘कैलाश’ काठमाण्डौं – यातायात व्यवसायी तथा यातायात मजदुरहरुको संयुक्त आन्दोलनका कारण सार्वजनिक सवारी ठप्प हुदा सर्वसाधारणलाई गन्तव्यमा पुग्न सास्ती भएको छ । सरकारले माग सम्बोधन नगरे सम्म अनिश्चित कालिन आन्दोलनको घोषणा गरेका यातायात व्यवसायी तथा यातायात मजदुरहरुले आफ्नो सवारी साधन ग्यारेजमा थन्काएर आन्दोलनमा उत्रिएका छन । उनिहरुले बिभिन्न ७ बुदे माग सहित आन्दोलनको घोषणा गरेका हुन ।