
सेवापाटी संवाददाता २०८२ जेष्ठ १८ गते
दिपक बजगाई ‘कैलाश’ काठमाण्डौं – राजसंस्था पुनःस्थापनाको माग गर्दै राप्रपा र केही राजावादी समूहले सडक आन्दोलन गरिरहेका बेला गणतन्त्र पक्षधर नागरिक समाजका अगुवाले शनिबार ललितपुरमा आयोजना गरेको ‘गणतन्त्र नै सही बाटो’ शीर्षक संवाद कार्यक्रममा उनीहरूले राजनीतिक दलको नेतृत्वमा लामो समयदेखि एउटै अनुहार रहँदा गणतन्त्रमाथि प्रश्न उठ्ने गरेको नागरिक समाजका अगुवाले बताएका छन् ।भने प्रमुख दलका तीन शीर्ष नेताले राजनीतिबाट बिदाइ लिनुपर्ने पनि बताएका छन ।
कांग्रेस महामन्त्री गगन थापाले प्रमुख दलका शीर्ष नेतृत्वले विश्राम लिनासाथ अहिले चलेको आन्दोलन पानीको फोका जस्तै बिलाएर जाने बताए । ‘दलको नेतृत्वमा लामो समयदेखि एउटै अनुहार रहनु ठूलो समस्या हो । प्रमुख तीन दलका नेतृत्वले बिदा लिए भने राजावादीको आन्दोलन सकिन्छ,’ थापाले भने, ‘त्यसैले राजनीतिक दलभित्र शुद्धता नै आजको मुख्य आवश्यकता हो ।’