
सेवापाटी संवाददाता २०८२ जेष्ठ ४ गते
दिपक बजगाई ‘कैलाश‘- काठमाण्डौं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले शनिवार बानेश्वरमा बसेको संसदीय दलको बैठकले निलम्वित सांसदद्वय राई र बस्नेत पक्राउ पर्नुभएको घटनालाई ठूलो अर्थमा नलिन आग्रह गर्नुभएको हो ।
बैठकमा सभापति देउवाले राख्नुभएको धारणा उद्धृत गर्दै पार्टीका प्रमुख सचेतक श्यामकुमार घिमिरेले राई र बस्नेत निलम्बन परेकोबारेमा सांसदहरुले आवाज उठाउनुभएको र सभापति देउवाले जवाफ दिनुभएको बताउनु भयो ।
उहाँकाअनुसार सभापति देउवाले राजनीतिमा यस्तै हुने र आफूहरु पनि जेल बसेर आएको पार्टीका सांसदहरुलाई स्मरण गराउनु भयो । बैठकपछि संसदीय दलको बैठकका निर्णय सुनाउने क्रममा प्रमुख सचेतक घिमिरेसँग सञ्चारकर्मीहरुले काँग्रेसका निलम्वित सांसदद्वय माया राई र मोहन बस्नेतको बारेमा प्रश्न गरेका थिए ।
सभापति देउवाले काँग्रेसले सरकार परिवर्तनको बारेमा कुनै सोच नराखेको पनि प्रमुख सचेतक घिमिरेले जानकारी दिनु भयो ।
श्रोत —न्युज एजेन्सी नेपाल