सेवापाटी संवाददाता २०८२ बैशाख ३१ गते

काठमाण्डौं – प्रतिनिधि सभाको मंगलबारको बैठकको विशेष समयमा बोल्दै राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले पुष्पलाल राजमार्ग निर्माण प्रक्रिया छिटोभन्दा छिटो सक्न सरकारसँग माग गर्नुभएको छ ।

उहाँले राजमार्ग विगत २२ वर्षदेखि निर्माणको प्रक्रियामा भएपनि अहिलेसम्म सम्पन्न हुननसक्नु विडम्बनापूर्ण रहेको बताउनुभएको हो । सांसद केसीले हिउँदमा धुलो र वर्षामा हिलोले स्थानीय जनताको वालीनाली र स्वास्थ्यमा गम्भीर असर पारेको भन्दै उक्त सडक तत्तकाल सम्पन्न हुनेगरी ठेक्का आह्वान गर्न सरकारसँग आग्रह गर्नुभयो ।

उक्त सडक आफ्नो निर्वाचन क्षेत्रमा परेकाले कम्तिमा मतदातालाई सुनाउनकै लागि भएपनि के कारणले बनेन र अब कति समयमा बन्छ भन्ने विषयमा सरकारले केही बोलिदिनुपर्ने उहाँको भनाइ थियो |

श्रोत – न्युज एजेन्सी नेपाल