सेवापाटी संवाददाता २०८२ बैशाख २७ गते
धनुषा— प्रहरी प्रधान कार्यालय ले नेपाल–भारत सीमामा सुरक्षा सतर्कता बढाउन निर्देशन दिएको छ । भारत–पाकिस्तानबीचको तनावको असर नेपाल–भारत सीमामा समेत देखिए पछि सोही निर्देशनअनुसार भारतसँग जोडिएको सीमामा सुरक्षामा कडाई गरिएकोे जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक वरुणबहादुर सिंहले बताउनु भयो ।

भारत र पाकिस्तानबीच देखिएको विवादलाई मध्यनजर गरेर प्रहरी प्रधान कार्यालय , मधेस प्रदेश प्रहरी कार्यालयबाट भएका निर्देशनलाई कार्यान्वयन गरिरहेको,सीमामा आवत जावत गर्ने यात्रुको परिचय पत्र प्रमाणीकरण गर्नुका साथै आवतजावतको प्रयोजन र सवारी साधनको समेत रेकड राख्न तदारुकता देखाइएको जानकारी दिनुभयो । सीमामा हुने आवागमनलाई व्यवस्थित र सुरक्षित बनाउन लागिरहेको,आउने र जाने प्रयोजन रेकड गरेर मात्रै आवतजावत गर्न दिने व्यवस्था मिलाइएको बताउनु भयो ।
—न्युज एजेन्सी नेपाल


