सेवापाटी संवाददाता २०८२ बैशाख १७ गते

काठमाण्डौ – आज सुनको भाउ तोलामा ७ सय रुपैयाँले घटेको छ। हिजो सुनको भाउ तोलाको १ लाख ८८ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । भने आज तोलामा ७ सय रुपैयाँले घटेर १ लाख ८८ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै चाँदीको भाउ तोलामा ५ रुपैयाँले बढेर एक हजार ९ सय ७५ रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।