सेवापाटी संवाददाता, २०८२ बैशाख १० गते

राष्ट्रिय परीक्षा बोर्डले बैशाख १२ गते गर्ने भनेको कक्षा १२ को परीक्षा बिगत २१ दिन देखि शिक्षकहरु बिद्यलय शिक्षा बिधेयक पास गर्नु पर्ने माग राखि आन्दोलनमानै रहेका कारण राष्ट्रिय परीक्षा बोर्डले आगामी बैशाख २१ गते देखि गर्ने निर्णय गरेको छ ।

 

मंगलबार साँझ बसेको बोर्डको बैठकले यस्तो निर्णय गरेको हो शिक्षक महाँसंघले आन्दोलन जारी राखी अध्यापनमा सरिक नभएपछि परीक्षा प्रभावित बन्न पुगेको थियो बोर्डले पुर्ब निर्धारित समयमानै परीक्षा गर्ने अडान राखे पनि अन्तिम समयमा परीक्षा सारेको हो यश अघि निजामती कर्मचारीलाई खटाएर भएपनि परीक्षा सञ्चालन गर्ने बोर्डले अडान लिएको भए पनि कर्मचारी ट्रेड युनियनले शिक्षकहरुलाई नै परीक्षमा सामेल गराउनु पर्ने भन्दै बिरोध जनाए पछि प्रधानमन्त्री केपी शर्मा ओलीले पनि परीक्षा सार्न बोर्डलाई आग्रह गरे पछि बोर्ड पछि हटेको हो ।