सेवापाटी संवाददाता, २०८२ बैशाख १० गते

शिक्षा बिधेयक पास गर्न माग गर्दै बिगत २० दिन देखि काठमाण्डौ केन्द्रित शिक्षकहरुको प्रदर्शन जारिनै रहेको बेल शिक्षा, बिज्ञान तथा प्रबिधिमन्त्री बिद्या भट्टराईले भने राजीनामा दिनु भएको हो ।

 

 

उहाले बैसाख ८ गते सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर राजीनामा बुझाउनु भएको थियो बिद्यालय शिक्षा ऐन जारी गर्नु पर्ने माग राख्दै काठमाण्डौंमा आन्दोलनमा उत्रिएका शिक्षकहरुको माग प्रती सकारात्मक रुपमा लागि पर्नु भएको शिक्षामन्त्री भट्टराई प्रधानमन्त्री र सरकारले नै चासो नदिएपछि दवावमा पर्नु भएको देखिन्छ मन्त्री भट्टराईले भने राजीनामा पत्रमा स्वास्थ्यलाई कारण देखाउनु भएको छ तर उहाँले जे कारण देखाउदै राजीनामा पत्र बुझाउनु भयो त्यसलाई आम साधारणले समेत पत्याउन सक्ने स्थिति भने छैन ।