काठमाडौँ  | नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज सामान्य वृद्धि देखिएको छ। शुक्रबार नेप्से सूचक १.५४ अंकले बढेर २७८८.७० विन्दुमा पुगेर बन्द भएको हो।

आज ३५१ कम्पनीका १ करोड २१ लाख ७४ हजार ५१६ कित्ता शेयर ५ अर्ब २७ करोड ३ लाख ९९ हजार ७२७ रुपैयाँमा किनबेच भएका छन्। कारोबारमा फाइनान्स, लगानी, बीमा, माइक्रोफाइनान्स, म्युचुअल फण्ड, निजी बीमा र ‘अन्य’ समूहबाहेकका अधिकांश क्षेत्रका शेयर मूल्य बढेका छन्।

आज पाल्पा सिमेन्ट, शिखर पावर र माइ खोला हाइड्रोपावरका शेयरमा सकारात्मक सर्किट लागेको छ। यता, प्राइम डिबेन्चर सबैभन्दा बढी ४.५९ प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा रिडी पावर कम्पनीको २७ करोड ३८ लाख रुपैयाँ बराबरको शेयर किनबेच हुँदा रिलायन्स स्पिनिङ मिल्स २४ करोड ९२ लाख रुपैयाँसहित दोस्रो स्थानमा रहेको छ।