काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा देशभरका युवालाई शुभकामना व्यक्त गर्दै युवाको ऊर्जा, सिर्जनशीलता र क्षमतालाई राष्ट्र निर्माणको शक्तिका रूपमा उपयोग गर्नुपर्ने बताएका छन्।
युवाको संघर्ष, साहस र योगदान नेपालको राजनीतिक, सामाजिक तथा सांस्कृतिक परिवर्तनमा महत्वपूर्ण रहँदै आएको उल्लेख गर्दै प्रचण्डले संघीय लोकतान्त्रिक गणतन्त्रलगायत प्राप्त उपलब्धिको रक्षा गर्न युवाको सक्रिय भूमिका आवश्यक रहेको बताएका हुन्।
उनले सामाजिक न्याय, समानता, सुशासन र समृद्धिको आधार निर्माणमा युवाहरूलाई सक्रिय रूपमा सहभागी गराउनुपर्नेमा जोड दिएका छन्।
प्रचण्डले युवाका लागि शिक्षा, सीप तथा क्षमता विकाससँगै पर्याप्त रोजगारीका अवसर सिर्जना गर्नुपर्ने बताएका छन्।


