काठमाडौं : नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं पक्राउ परेका छन्।प्रसाईलाई प्रहरीले पोखराबाट पक्राउ गरेको हो । निर्वाचन बहिष्कारदेखि विभिन्न आन्दोलनको कार्यक्रम घोषणा गरेर सरकारसँग सम्झौतासमेत गरेका प्रसाईंले निर्वाचन आयोगमाथि गम्भीर आरोप लगाउनेदेखि सरकारी वेबसाइड ह्याक गरेर डाटा चोरी गर्नेसम्मको योजना बनाएर रकम लगानी गरेकोसम्म आरोप छ ।

निर्वाचन आयोगले गगन थापा नेतृत्वको नेपाली काँग्रेसलाई मान्यता दिएको विषयमा प्रसाईले दिएको अभिव्यक्ति आपत्तिजनक भएको भन्दै आयोगले साइबर ब्यूरोलाई अनुसन्धान गर्न पत्राचार गरेको थियो ।