काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले आफ्नो सय दिनको कार्यविवरण सार्वजनिक गरेका छन् । बुधबार आफ्नो कार्यकालको एक सय दिन पूरा गरेको अवसरमा एक कार्यक्रम आयोजना गरि आफ्नो कार्यविवरण सार्वजनिक गरेका हुन् ।
ऊर्जासँगै भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालयको समेत जिम्मेवारी सम्हालिरहेका छन् । उनले आफ्नो उपलब्धिमा मेलम्चीको पानी काठमाडौं ल्याउन भएको अवरोध हटाएको तातोपानी–कोदारी सडक खुलाएर उत्तरी छिमेकी चीनसँगको नाका पुनः सञ्चालन गरिएकोलगायतका काम समेटेका छन् ।

‘अहिले उद्योगहरूले प्रयोग गरेको प्रिमियम महसुल सबैले तिर्न थालेका छन् । हाम्रो नेतृत्वमा प्रकृतिजन्य विपद् आउनु अगावै जल तथा मौसम पूर्वानुमान महाशाखासँगको समन्वयमा सरकारले तदारुकता देखाउँदा कम क्षति भएको अवगत नै छ । उनले थपे, उत्तरतर्फका भन्सार ठप्प हुँदा फिल्डमै पुगेर तातोपानी नाकासम्मको आवतजावत सहज बनाइयो । बञ्चरेडाडा ल्याडफिल्ड, मेलम्ची खानेपानी आयोजनामा स्थानीयबाट आएको समस्या हल गरियो ।’
मर्मत सुधार तथा विस्तार भइरहेका देशका ठुला सडक समयमै सम्पन्न गर्न र रुग्ण पारिएका आयोजना तोड्ने हिम्मत समेत आफूले देखाएको उनले भने ।

रणनीतिक महत्त्वको एक हजार दुई सय मेगावाटको बूढीगण्डकी र एक हजार ६३ मेगावाटको माथिल्लो अरुण जलविद्युत् आयोजनालाई स्वदेशी लगानीमै निर्माण गर्ने गरी वित्तीय ढाँचा तयार पारेर सहमतिका लागि अर्थ मन्त्रालय पठाइएको उहाँले जानकारी दिनुभयो ।

यस्तै डेडिकेटेड तथा ट्रङ्क लाइनको बक्यौता महसुल उठाउने विषयमा रहेको राजनीतिक हस्तक्षेप र अन्योल अन्त्य गरिएको मन्त्री घिसिङको दाबी छ ।

परिसरमा प्रशासनिक काम सकेर दस्तुर

हिजो देखि अफिसमा बिदा लिएर बल्खु धाएको छु । अनलाइनबाटै सबै काम हुनेभए दाजुले अछामबाट नै यो काम गर्नुहुन्थ्यो । देशकै पुरानो विश्व विद्यालयले डिजिटल युगमा समेत आफूलाई समयानुकूल ढाल्न नसक्नु निकै लज्जाको विषय रहेको उनको आरोप छ ।