काठमाडौँ ।बुधबारको तुलनामा आज सुनचाँदीको मूल्यमा कमी आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज प्रतितोला सुनको मूल्य रु २,५३,३०० कायम गरिएको छ।
यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ३० रुपैयाँले घटेर ३६२५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि बुधबार चाँदी तोलाको ३६५५ मा कारोबार भएको थियो ।


