 
                                काठमाडौं।प्रधानमन्त्री सुशीला कार्कीले विभिन्न राजनीतिक दल र जेनजी प्रतिनिधिलाई संयुक्त छलफलमा बोलाएकी छन् । प्रधानमन्त्रीको सचिवालयले दिएको जानकारीअनुसार बुधबार अपराह्न ४ बजे बालुवाटारमा छलफलका लागि आब्हान भएको छ।
सरकार, राजनीतिक दल र जेनजी प्रतिनिधिबीच वार्ता हुन लागेको यो पहिलोपल्ट हो ।
बैठकमा जेनजीका विभिन्न समुहसहित राजनीतिक दलका तर्फबाट दोस्रो तहका नेताहरु सहभागी हुने बताइएको छ । यस अघि प्रधानमन्त्री कार्कीले कार्तिक ४ गते गरेको राजनीतिक दलसँग गरेको छलफलमा अर्को छलफल जेनजीका प्रतिनिधिलाई राखेर गर्ने बताएकी थिइन् ।

 
									 
									 
									 
									 
									 
									 
									 
									 
									 
									 
									 
									 
									 
									 
									 
									 
									 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                
 
                                         
                                        