काठमाडौं । मंगलबार पनि सुनको भाउ घटेको छ । अघिल्लो दिनको तुलनामा प्रतितोला २ हजार ९०० रुपैयाँ मूल्य घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसअघि सोमबार सुन तोलाको २ लाख ३९ हजार ९ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ६० रुपैयाँले घटेर २९२० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि सोमबार चाँदी तोलाको २९८० मा कारोबार भएको थियो ।