काठमाडौं।नेकपा (एकीकृत समाजवादी) ले आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचन निष्पक्ष, शान्तिपूर्ण र भयरहित वातावरणमा सुनिश्चित गर्न सरकार, राजनीतिक दलहरू, नागरिक समाजलगायत सम्बन्धित सबै पक्षलाई आह्वान गरेको छ ।पार्टीले आगामी निर्वाचनको तयारी गर्न पार्टी महासचिव घनश्याम भुसालको नेतृत्वमा निर्वाचन परिचालन कार्यदल गठन गरेको केन्द्रीय प्रचार विभाग उपप्रमुख दामोदर अर्यालले जानकारी दिए ।

कार्यदलमा उपमहासचिव तथा संसदीय विभाग प्रमुख गरिमा शाह, उपमहासचिव तथा कार्यालय सचिव रामकुमार भट्टराई, सचिव तथा आर्थिक विभाग प्रमुख सोमप्रसाद पाण्डे, स्थायी कमिटी सदस्य विजय पौडेल, पोलिटब्यूरो सदस्य तथा निर्वाचन विभाग प्रमुख दिलकुमारी पन्त, पोलिटब्युरो सदस्य तथा कानून फाँट इन्चार्ज धनप्रसाद गौतम, पोलिटब्यूरो सदस्य तथा कानून विभाग प्रमुख देउमान सम्बाहाम्फे र केन्द्रीय कमिटी सदस्य केदार सञ्जेल सदस्य रहेका छन् ।