काठमाडौं । अनलाइन सञ्चारमाध्यमको दर्ता र नवीकरण पुन: सूचना विभागबाटै हुने भएको छ ।बिहीबार (आज) बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए ।
‘छापाखाना तथा प्रकाशन सम्बन्धी ऐन २०४८ बमोजिम अनलाइन सञ्चार माध्यम दर्ता गर्ने प्रयोजनका लागि सूचना तथा प्रशारण विभागका महानिर्देशकलाई स्थानीय अधिकारीको रुपमा तोक्ने निर्णय भएको छ,’ सञ्चारमन्त्री खरेलले भने ।
त्यस्तै आज बसेको मन्त्रिपरिषद्को बैठकले सरकारको प्रवक्तामा सञ्चारमन्त्रीलाई तोकेको छ ।


